काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रलाई राजनीतिक दलहरूको घोषणापत्रमा उच्च प्राथमिकतासाथ समावेश गर्न माग गरेको छ। इप्पानले शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजनीतिक दललाई पत्र...}
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि घना बादल लागेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।
म...}
काठमाडौं । अमेरिकाको मिनेसोटामा पाँच वर्षीय स्कुले बालकलाई अध्यागमन अधिकारीहरूले बुबासहित हिरासतमा लिएपछि ट्रम्प प्रशासनको आप्रवासन नीतिप्रति तीव्र आलोचना सुरु भएको छ। निलो टोपी लगाएको बालक आँसुले भरिएको आँखासहित नियन्त्रणमा रहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि घटनालाई अमानवीय व्यवहारको प्रतीकक...}
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले अब पार्टीका कार्यकर्ताले देशभर रुख चिन्हमै भोट हाल्न पाउने अवस्था बनेको बताएका छन्। पदभार ग्रहण गर्ने क्रममा उनले यस अवस्थालाई नेपाली कांग्रेसका लागि गौरवको विषय भएको उल्लेख गरे।
थापाले पार्टीभित्र विगतमा विभिन्न उतारचढाव र अवरोध आए पनि त...}
कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। चौधरीविरुद्ध परेको उजुरीमाथि अध्ययन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन पत्र अमान्य ठहर गरेको हो। निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी आदेशमा...}
चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा झन्डै आठ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा सात खर्ब ९७ अर्ब रुपैयाँ नाघेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ अर्ब रुपैयाँले बढी हो। अघिल्लो वर्ष यस अवधिमा व्यापार घाटा स...}
काठमाडौं । बुधबार नेपालमा सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएक...}
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश नआएपछि निर्वाचन आयोगको निर्णय यथावत् रहने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा आज भएको सुनुवाइपछि तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरिएको हो।...}
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।
उनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। खनालले फेसबुकमा लेख्दै पुनले व्यक्तिगत अभियानमा सक्रिय हुनका लागि मन्त्र...}
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। साथै सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भए...}