रुख चिन्हमै भोट हाल्न पाउने अवस्था उपलब्धि हो: सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले अब पार्टीका कार्यकर्ताले देशभर रुख चिन्हमै भोट हाल्न पाउने अवस्था बनेको बताएका छन्। पदभार ग्रहण गर्ने क्रममा उनले यस अवस्थालाई नेपाली कांग्रेसका लागि गौरवको विषय भएको उल्लेख गरे।

थापाले पार्टीभित्र विगतमा विभिन्न उतारचढाव र अवरोध आए पनि ती विषयलाई समयसँगै समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे। उनले पार्टीभित्र देखिएका मतभेद र असहज परिस्थितिलाई साम्य बनाउँदै संगठनलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ताले साझा प्रयास गर्नुपर्ने बताए।

उनका अनुसार अब १६५ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो परम्परागत चुनाव चिन्ह रुखमै भोट हाल्न पाउने अवस्था सुनिश्चित भएको छ। यसलाई उनले पार्टीका सम्पूर्ण कार्यकर्ताका लागि खुसी र गर्व गर्ने विषयका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया