☰

परदेशी नेपालीको पीडा समेटिएको गीत ‘तिर्खा लाग्दा पानी’ सार्वजनिक

काठमाडौं । परदेशमा रहेर दुःख, संघर्ष र अभावसँग जुधिरहेका गरिब नेपालीको भावना समेटिएको नयाँ गीत ‘तिर्खा लाग्दा पानी’ सार्वजनिक भएको छ । उत्कृष्ट शब्द र भावनात्मक लय समेटिएको गीतले परदेशी नेपालीको जीवन, पीडा र भोगाइलाई उजागर गर्ने प्रयास गरेको छ ।

गीतमा सरिता सुनार, गणेश ढकाल र पुरुषोत्तम गैरेको स्वर रहेको छ । गीतका शब्द लक्ष्मीप्रसाद पोख्रेलले लेखेका हुन् भने लय सिर्जना पुरुषोत्तम गैरेले गरेका छन् ।

बिपिन चौलागाईंको निर्देशनमा तयार भएको गीतको दृश्यमा जुना कार्की र प्रदीप बस्नेतले अभिनय गरेका छन् । उनीहरूको अभिनयमार्फत गीतमा समेटिएका भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ ।

परदेशमा रहेका नेपालीको दुःख, संघर्ष र भावनालाई गीतमार्फत व्यक्त गर्न खोजिएको ‘तिर्खा लाग्दा पानी’ ले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ । नेपाली लोकसंगीतको माध्यमबाट परदेशी जीवनका यथार्थ र आम नेपालीका अनुभूतिलाई प्रस्तुत गर्ने प्रयासका रूपमा गीतलाई लिन सकिन्छ ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय