देशभर पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि घना बादल लागेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराई तथा अन्य भूभागमा भने मौसम आंशिक बदली रहने जनाइएको छ।

आज राति पनि पहाडी तथा हिमाली भूभागमा बादल लागिरहने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका उच्च भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ। मौसम बद्लिँदा चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। 

प्रतिक्रिया