मकवानपुरको मनहरी गाउँपालिका ६ मा एउटा बाघ भैंसीसँग जुधेर मरेको छ। मनहरी ६ प्रतापुरमा बस्ने बलबहादुर राईको गोठमा बाघले भैंसीमाथि आक्रमण गरेको थियो। उक्त आक्रमणबाट एउटा भैंसी घाइते भएको छ भने बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भन्डारीले...}
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग विगतमा सहकार्य गर्नु गल्ती भएको बताएका छन्। वाग्मती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीसँगको परामर्श बैठकमा बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालले उक्त धारणा व्यक्त गरेका हुन्।
दाहालले कांग्रेससँगको सहकार्य लामो समय टिक्न...}
काठमाडौं – गत आर्थिक वर्ष ०८०/८१ मा धितोपत्र दोस्रो बजारमा १ अर्ब ४९ करोड ९२ लाख ८७ हजार ६५५ दशमलव ३६ कित्ता धितोपत्र सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्याङ्क समावेश गरिएको हो।
नेप्सेका अनुसार, कुल सूचीकृत धितोपत्रमध्ये आईपीओको संख्या...}
भारत । भारतको आन्ध्र प्रदेशस्थित एक औषधि उद्योगमा विस्फोट हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ।
आन्ध्र प्रदेशको अनकापल्ली अच्युतपुरममा एसेन्सिया कम्पनीमा रिएक्टर विस्फोट हुँदा ४० जना घाइते भएका छन्।
बुधवार दिउँसो २ः१५ बजेतिर विस्फोट भएको बताइएको छ। उद्योगमा ३८१ जना कर्मचारी रहेको पनि बताइएको छ...}
काठमाडौँ - देशभर मनसुनको वायुको प्रभाव कायमै छ। वर्तमानमा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सामान्य अवस्थामै रहेको र पूर्वतिर यसको स्थान औसतभन्दा केही उत्तरतिर सरेको छ।
यस प्रभावले गर्दा अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थ...}
काठमाडौं – स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पछिल्लो १४ महिनामा ३० भन्दा बढी जलविद्युत् आयोजनाहरूको आईपीओ आवेदन प्रक्रिया रोकिएको बताएका छन्।
बुधवार, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै, अध्यक्ष कार...}
काठमाडौं । लामो समयको संघर्षपछि गीत-संगीतमा केही सफलता प्राप्त गर्न सफल भएका जापानमा रहेका सर्जक प्रेम सापकोटा सोनु हाल खुसी छन्। उनले एक दशकसम्म निरन्तर संगीतमा लागे पनि यो तहको सफलता भने पहिलो पटक प्राप्त गरेका हुन्।
प्रसंग हो, यस वर्ष सार्वजनिक भएको तीज गीत 'काली पसम की' को। सर्जक सापक...}
काठमाडौं । दुई दिनको सार्वजनिक विदापछि खुलेको शेयर बजारमा आज दिनभरि उतार-चढाव देखा परे पनि बन्द हुने बेला नेप्से सूचक सामान्य रूपमा बढेको छ। नेप्सेमा वृद्धि भए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ।
यस दिन, परिसूचक २ अंकले बढेर समग्र बजार २९६८ विन्दुमा पुगेको छ भने आजको कारोबार रकम १८ अर्ब ९०...}
काठमाडौं: चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ।
नागढुंगाबाट करिब ३ सय मिटर तल खसेको पहिरोले दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।
नागढुंगाका इन्स्पेक्टर हेम थपलियालले बताए अनुसार माथिबाट माटो र ढुंगा खस्ने क्रम नरोकिएको छ। पहिरोको गति थामिएपछि...}
काठमाडौं । दाङमा इनार सफा गर्न गएका दुई जनाको निसासिएर मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली रहेका छन्। उनीहरू बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भित्र प्रवेश गरेका थिए।
बाहिर निस्कन नसकी न...}