नागढुंगामा पहिरो: दुईतर्फी सवारी अवरुद्ध

सांकेतिक तस्बिर

काठमाडौं: चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ।

नागढुंगाबाट करिब ३ सय मिटर तल खसेको पहिरोले दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।

नागढुंगाका इन्स्पेक्टर हेम थपलियालले  बताए अनुसार माथिबाट माटो र ढुंगा खस्ने क्रम नरोकिएको छ। पहिरोको गति थामिएपछि सडक पन्छाउन दुवैतर्फ डोजर तयारी अवस्थामा राखिएको छ।

प्रतिक्रिया