शिक्षक आन्दोलनका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मिति परिवर्तनसहितको नयाँ तालिका सार्वजनिक गर्दै परीक्षाको नयाँ समयसारणी जानकारी गराएको हो।
यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरिएको थियो। तर आन्दोलनका कार...}
भारतको जम्मु कश्मीरमा पर्यटकमाथि लक्षित आतंकवादी आक्रमणमा परेर एक नेपाली युवकको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। सुदीप हाल बुटवल–१० कालिकानगरमा आमासँगै बस्दै आएका थिए। वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदीप बे...}
चालु आर्थिक वर्ष २०८२ सुरु भएको पहिलो सातामै वाणिज्य बैंकहरूको कारोबार घटेको देखिएको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो सातामा मात्र बैंकहरूको निक्षेप २० अर्ब रुपैयाँले र कर्जा २४ अर्ब रुपैयाँले घटेको छ।
यसअघि, चैतको अन्तिम १० दिनमा निक्षेपमा करिब ७४ अर्ब र कर्जामा...}
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासलाई सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन स्थापना गर्दै विकास निर्माणको गति बढाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका हुन्।...}
काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा दुर्घटनामा परेको हो। बिजुलीको प...}