काठमाडाैं - सोमबार पनि नेप्से परिसूचकमा हरियाली छाएको छ । नेप्से बढेपनि आईतबारको तुलनामा कारोबार रकम भने घटेको छ ।
परिसूचक सोमबार २१.७६ अंकले वृद्धि भएर २८९२.७२ बिन्दुमा पुगेको छ। आइतबार सामान्य अंकले बढेको बजार आज दोहोरो अंकले उकालो लागेको हो।
यद्यपि, बजार परिसूचकमा हरियाली देखिए पनि आज कारोबार रकम घटेको छ। नेप्सेका अनुसार आज ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो दिन आइतबार ३१६ कम्पनीका ५ करोड १६ लाख कित्ता सेयर २१ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका थिए।
आजको बजारमा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा हरियाली देखिएको छ। तीमध्ये माइक्रोफाइनान्स समूह २.८२ प्रतिशत र अन्य समूह २.१९ प्रतिशतले अगाडि बढेका छन्।