काठमाडौं— लामो राजनीतिक रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार वार्तामा सहमति भएपछि कार्कीलाई आज राति ८:४५ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ।
शीतल निवासमा भएको वार्तामा जेन-जी समूहका प्रत...}
काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको झडप र गोली प्रहारका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये तीन प्रहरी र एक भारतीय महिला पनि रहेका छन्। उनीहरूले जनाएका छन् कि यो तथ्यांक काठमाडौं उपत्यकामा...}
काठमाडौँ — जेन–जी आन्दोलन समूहले प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन प्रमुख दल र सरोकारवालाबीच व्यापक सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि कार्कीलाई नियुक्त गर्न तयार भए पनि संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा अझै टुंगो...}
राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रही वर्तमान विषम परिस्थितिबाट निकास दिन सकिने उपाय खोजिरहेको बताएका छन्।
विहीबार विज्ञप्ति जारी गर्दै आम नागरिकलाई सम्बोधन गर्ने क्रममा उहाँले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम राख्नका लागि आफू निरन्तर विचार–विमर्श र...}
रामेछाप । जिल्ला कारागार रामेछापमा बिहीबार बिहान कैदीबन्दीहरूले भाग्ने प्रयास गर्दा नेपाली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ। कारागारको भित्री गेट तोडेर बाहिरी गेटसम्म पुग्न लागेपछि स्थितिलाई नियन्त्रणमा लिन सेनाले गोली चलाएको जनाइएको छ।
रामेछाप अस्पतालका अनुसार उपचारका क्रममा तीन जनाको...}
काठमाडौँ । असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठ पर्वपछि मात्रै सुरु हुने भएको छ।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूचनामा भदौ २९, ३० र ३१, असोज १, २ र ५ साथै कार्तिक ९ गतेसम्मको सबै पठनपाठन स्थगित गरिएको उल्लेख छ। नियमित कक्षा भने कार्तिक ११ गतेदेख...}
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा र कर्फ्यूलाई क्रमशः खुकुलो पार्ने निर्णय गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ २६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ। त्यस्तै, सोही दिन बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म कर्फ्...}
काठमाडौँ– दुई दिनदेखि प्रदर्शनका कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि स्थगित सबै हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको हो।
विमानस्थलको आधिकारिक वेबसाइटमा जारी सूचनामा भनिएको छ, “हवाई यात्रुहरूले आ...}
नेपालमा भड्किएको हिंसात्मक प्रदर्शन र त्यसमा भएको मानवीय क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन्। मङ्गलबार साँझ सामाजिक सञ्जाल एक्समार्फत नेपाली भाषामा लेख्दै उनले नेपालको शान्ति, स्थिरता र समृद्धिका लागि सबैलाई संयम अपनाउन अपिल गरेका छन्।
मोदीले लेखेका छन्, &lsquo...}
जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनाबीच आज वार्ता हुने संभावना देखिएको छ। सेनाले वार्ताका लागि पहल गरेपछि तयारी अघि बढेको भए पनि, वार्ता कहिले र कसबीच हुने भन्ने विषयमा औपचारिक जानकारी अझै सार्वजनिक भएको छैन।
स्रोतका अनुसार, सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ताको पहल गर...}