काठमाडौँ । चर्चित गायक राजन कार्कीको लय तथा शब्द सिर्जनामा तयार भएको नयाँ गीत ‘जाम माया लाहुर’ सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल, विशेषगरी टिकटकलगायतका माध्यममा निकै चर्चा पाउन थालेको छ। माया–प्रेमको कथामा आधारित यस गीतले दर्शक–श्रोताको ध्यान तानिरहेको छ।
राजन कार्कीको लय तथा शब्द रहेको गीतमा राजन कार्की र पूजा सिञ्जाली मगरको आवाज रहेको छ। गीतको संगीत संयोजन याम थापा मगरले गरेका छन् भने म्युजिक भिडियो निर्देशन जेरी भण्डारीले गरेका छन्। भिडियोमा रचना न्यौपाने र शिबु जीको अभिनय देख्न सकिन्छ।
गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै गायक कार्कीले दर्शक–श्रोताबाट गीतले राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन्। उक्त गीत कार्कीकै आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।