परराष्ट्रमन्त्रीमा पूर्वरथी बालानन्द शर्मा

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीको रूपमा शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेकी थिइन्। लामो समय सैनिक सेवामा रहेका शर्माले यसअघि विभिन्न जिम्मेवारी सम्हाल्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अनुभव बटुलेका छन्।

उनको नियुक्तिसँगै सरकारले कूटनीतिक क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया