काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेस का नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि चैत १५ गते पक्राउ परेका खड्कालाई रिहा गर्न उनकी श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमाथि सुन...}
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरण का पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालत मा मुद्दा दर्ता गर्दै तिवारीले १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा हिनामिना गरेको आरोप लगाएको हो...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ्ग विधिअनुसार सेयर निष्कासनका लागि सम्झौता भएको छ ।
सम्झौतामा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड सहभागी छन् ।
यी कम्पनीहरूले ब...}
काठमाडौं । नेपाल सरकार ले देशभरका अस्पतालहरूमा विपन्न तथा असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको विवरण अब अनलाइनमार्फत सार्वजनिक गर्न सुरु गरेको छ । ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याउँदै सरकारले निःशुल्क बेडको अवस्थालाई रियल–टाइममा हेर्न सकिने व्यवस्था गरेको हो...}
काठमाडौं । बालेन्द्र शाह प्रतिष्ठित टाइम म्यागजिन ले सार्वजनिक गर्ने विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२६ को ‘टाइम १००’ सूचीमा उनलाई ‘नेता’ विधामा समावेश गरिएको हो ।
यस सूचीमा डोनाल्ड ट्रम्प र तरिक रहमान लगायत २४ जन...}
काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनको आन्तरिक मूल्य बढाइएको हो ।
नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यसस...}
काठमाडौं । सरकारले २०६२/०६३ यता सार्वजनिक पदमा रहेका उच्चपदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।
सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा ५ सदस्यीय ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ गठन गर्ने निर्णय गरेको हो। आ...}
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा अब लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद–बिक्रीका लागि अर्डर दिन सक्ने भएका छन्। धितोपत्र बोर्ड ले नेप्सेको कारोबार विनियमावली संशोधन प्रस्ताव स्वीकृत गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो।
नयाँ व्यवस्थाअनुसार अब नियमित कारोबार समय (बिहान ११ बजे...}
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन सेयर बजार उत्साहजनक देखिएको छ । नेप्से परिसूचक बुधबार ३३.२७ अंकले बढ्दै २८६६ बिन्दुमा पुगेको छ ।
कारोबारका क्रममा दिउँसो १:०७ बजे परिसूचक २८७९ बिन्दुसम्म उक्लिए पनि अन्त्यतिर केही सुधारसहित घटेर बन्द भएको हो । बजारमा कारोबार रकम पनि उल्लेख्य बढेको छ...}
काठमाडौं । महालेखा नियन्त्रक कार्यालय का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म सरकारले १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल वार्षिक लक्ष्यको ५३.९७ प्रतिशत मात्र हो ।
सरकारले यस वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको भए पनि आम्दान...}