काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २ हजार ६ सय ४१ दशमलव ५८ बिन्दुमा झरेको छ।
नेप्से घटे पनि सोमबार कारोबार रकम भने बढेको छ। आज ३ सय ५० कम्पनीका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसअघि साताको अन्तिम कारोबार दिन शुक्रबार ३ सय ४४ कम्पनीका ९७ लाख ५४ हजार ४ सय ३ कित्ता सेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा सोमबार कारोबार रकम १ अर्ब २४ करोड ९८ लाख रुपैयाँभन्दा बढीले बढेको हो।
सोमबार कारोबार भएका कम्पनीमध्ये ७२ वटाको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
समूहतर्फ उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै १.३० प्रतिशतले बढेको छ। फाइनान्स उपसमूह भने १.१४ प्रतिशतले घटेको छ। त्यस्तै, हाइड्रोपावर, म्युचुअल फन्ड, व्यापार र ‘अन्य’ समूहका उपसूचक बढेका छन् भने बाँकी ८ वटा उपसमूहका सूचक घटेका छन्। समग्रमा बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम र कारोबार भएको सेयर कित्तामा वृद्धि देखिएको छ।