सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ । आज विहान भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लामा प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँईले जानकारी दिएका छन् । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ...}
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोप लगाएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा...}
तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रह...}
नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १० हजार ३२८ पुगे...}
चैत ११ गते (लकडाउन) देखि हवाई उडानमा लाग्दै आएको प्रतिबन्ध चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको बताएका हुन् । त्यसपछि अगस्तको दोस्रो साता अन्तर्राष्ट्रिय नियमित उडान गर्ने तयारी भइरहेको उनले बताए ।
मन्...}