काठमाडाैं । बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भएर घ...}
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।
प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो...}
झापा । झापाको कमल गाउँपालिका ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।
कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताए । झापाको कोभिडबाट मृत्यु हुनेको सङ...}
अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
ती घटनाहरु देशका कम्तीमा प...}
उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।
डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको...}