बिहीबार थपिए १ हजार १ सय ११ काेराेना संक्रमित

काठमाडाैं । बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भएर घर फर्किएका गाैतमले बताउनुभयाे । हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर गरिएको छ ।

प्रतिक्रिया