शनिबार थप ६ सय ६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा शनिबार थप ६ सय ६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

शनिबार देशका विभिन्न प्रयाेगशालामा भएका परीक्षणमा ६ सय ६४ जना संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

याे सहित नेपालमा हालसम्म ३१ हजार १ सय १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमितमध्ये १८ हजार ३ सय ५० जना निकाे भइसकेका छन् ।

प्रतिक्रिया