• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खुल्ने

सरकारले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय व्यावसायिक हवाइ उडान खुला गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाइ उडान खुला गर्ने र त्यसको उडान तालिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

यसअघि सरकारले भदौ १५ सम्म उडान प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको थियो।

नियमित उडान सबैतिर एकैपटक खुल्ने सम्भावना भने न्यून रहेको छ। सरकारले पिसिआर परीक्षण गरी कोरोना नेगेटिभ देखिएकालाईमात्र नियमित उडानमा ल्याउने भएको छ। परीक्षण कठिन भएका देशहरुमा तत्काल नियमित उडान नहुने खतिवडाले जानकारी दिए। त्यस्ता देशहरुमा चार्टर्ड उडानबाटमात्र नेपालीहरु ल्याइने छ।

चैत ११ देखि सरकारले लकडाउन गरेपछि पूर्णरुपमा नियमित अन्तर्राष्ट्रिय उडान रोकिएका छन्। यो बीचमा ७ सय बढी चार्टर्ड उडान भएका छन्। यात्रु उद्धार तथा कार्गोका लागि जहाजले चार्टर्ड उडान गर्दै आएका छन्।

तर यसरी उडान सञ्चालन गर्दा पिसिआर टेष्ट रिपोर्ट अनिवार्य हुनेछ भने त्यरी आएका यात्रुले सात दिनसम्म होटलमा क्वारेन्टिन बस्नुपर्ने छ। त्यसरी क्वारेन्टिन बस्दा लाग्ने खर्च रकम एयरलाइन्सले टिकटमै समावेस गर्नुपर्ने छ। त्यसरी संकलन गरेको रकम एयरलाइन्सले कोभिड व्यवस्थापन केन्द्रमा बुझाउनुपर्ने छ।

प्रतिक्रिया