काठमान्डौ - नेपाल सरकारले औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन भारतसँग थप विद्युत् आयात गर्न पहल गरेको छ। सरकारले साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन भारतलाई औपचारिक अनुरोध गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, भारतीय दूतावासमार्फत कूटनीतिक प्रयासहरू अघि बढाइएका छन्।
सुक्खा...}
नेपाल विद्युत् प्राधिकरणले भैरहवामा रहेको पाल्पा सिमेन्ट उद्योगलाई दिने विद्युत् आपूर्ति घटाएर १० घण्टा मात्र गरेको छ। भारतले विद्युत् आपूर्ति कटौती गरेपछि यस्तो कदम चालिएको हो। यसले गर्दा भैरहवा करिडोरमा रहेको पाल्पा सिमेन्ट उद्योग मात्र नभएर विराटनगर लगायत अन्य औद्योगिक करिडोरमा पनि लोडसेडिङ सुरु...}
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यसको प्रकृतिबारे अझै प्रश्न बाँकी रहेको भन्दै केही कडा सर्तहरू अघि सारेका छन्।
अमेरिकासँग यो साताको सुरुवातमा ३० दिने युद्धविरामका लागि युक्रेन सहमत भएको दाबी गरेपछि पुटिनले प्रतिक्रिया दिएका हुन्।...}
महाशिवरात्रिको अवसरमा २४ घण्टाको अवधिमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार १४ वटा लाइनमार्फत प्रतिघण्टा २२ देखि २४ हजार भक्तजनले दर्शन गरेका थिए। तर, यो संख्या गत वर्षभन्दा दुई लाख कम रहेको छ।
दर्शनका लागि मन्दिर बुधबार बिहान २ बजेदेखि...}
नेपाल आयल निगमले खाना पकाउने ग्यास परल मूल्यमै बिक्री गर्ने तयारी अघि बढाएको छ। निगमका अनुसार सबै ग्राहकलाई परल मूल्यमै ग्यास बिक्री गरिनेछ भने घरायसी ग्राहकलाई अनुदानको रकम सिधै बैंक खातामा पठाइनेछ। व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा भने अनुदान नपाइने निगमले स्पष्ट पारेको छ।
हाल उपभोक्...}