काठमाडौं -गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ ।
सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । आव २०७८÷७९ को अनुमानित आयव्यय (बजे...}
काठमाण्डौं–सरकारले आगामि आर्थिक वर्षका लागि बजेट ल्याए पछि सबै क्षेत्रमा करको दर हेरफेर भएकोछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार सार्वजनिक गरेका आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यपछि प्रकाशित भएको आर्थिक अध्यादेशले सेयर बजारका अल्पकालीन र दीर्घकालीन लगानीलाई छुट्याई सोहीअनुसारको कर निर्धारण...}
काठमाडौं– विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचारका लागि करिब ५० लाख रुपैयाँ बढी संकलन भएको छ । मेडीसिटिमा उपचार गराइरहेका थापाको उपचारमा सघाउन सहयोग संकलन अभियान चलाइएको थियो ।
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेका अनुसार शनिवार साँझसम्म ५० लाख भन्दा बढी रकम संकलन भएको परिवारले...}
काठमाण्डौ – साताको पहिलो दिन नेप्से प्रिओपन सेसनमा २० अंक भन्दा धेरैले बढेको छ । योसँगै समग्र बजार २८३६ विन्दुमा पुगेको छ ।
सरकारको निति तथा कार्यक्रमपछि बजार कुन दिशा तर्फजाला भन्ने अन्योलका विच आज बजार उकालो लागेको हो । यो सेसनमा आज ८० कम्पनीहरुको २ करोड ६३ लाख भन्दा धेरैको कारोबार भएको छ ।...}
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटलाई नेपाली शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ ।
साताको पहिलो दिन आइतबार नेप्सेमा कारोबार रकमको किर्तिमानी बनेको छ । यस अघि बनेको १४ अर्व ७७ करोडको उच्च कारोबार आज ब्रेक भएको हो । आज १७ अर्व माथिको किर्तिमानी कारोबार भएको छ ।
आइतबार...}