• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

निरन्तर उकालो लागेको शेयर बजारमा मंगलबार ब्रेक,कारोबार रकम र नेप्से दुवै घट्यो

काठमाण्डौ । लगातार उकालो लागेको नेप्से मंगलबार भने घटेको छ । आज नेप्से करिव ४ अंकले घटेर समग्र बजार ३०२२ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २२६ कम्पनीहरुको १५ अर्व ५२ करोड भन्दा धेरैको कारोबार भएको छ । आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

यस अघि उछाल आएको विकास बैक र फाइनान्स क्षेत्र आज नराम्रो सँग प्रभावित भयो भने प्राय सबै उपसूचकहरु घटेर कारोबार भयो । आज ३२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

तीन कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने नेपाल पुनरविमा कम्पनीको सबैभन्दा धेरै शेयर खरिद वित्री भएको छ । आज विकास बैकको उपसूचक सबैभन्दा धेरे घटेको छ ।

प्रतिक्रिया