☰

फेरिचेमा दुई हेलिकोप्टर आपसमा ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

लुक्लाभन्दा माथि खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा मंगलबार बिहान फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार बिहान ८ बजेर ११ मिनेटमा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुने व्यक्ति विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ। उनको पहिचान भने खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएका शैलेश किसन पटेललाई प्रभु हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। उनलाई नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार मृतकको शव घटनास्थलबाट लुक्ला ल्याइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय