यी हुन् शेयर बजारमा चलेखल गरेर मूल्य बढाउने ५१ कम्पनी

काठमाडौं– शेयर बजारमा उछाल आइरहेका बेला ५१ कम्पनीको शेयर बजारमा चलखेल भएको तथ्य फेला परेको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा यस्तो पाइएको हो ।

हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक रुपमा वृद्धि भइ कारोबार भएको बोर्डको अध्ययनले देखाएको छ ।

केही कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएपछि सेयर कर्नरिङको आशंकामा धितोपत्र बोर्ड कमिटी नै गठन गरी अध्ययन शुरु गरेको थियो । जसको पहिलो चरणको अध्ययन सकिएको र अध्ययन प्रतिवेदन अर्थमन्त्रालय पेश गरिएको बोर्डका उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बताए । ५१ वटा कम्पनीको कारोबार, मूल्य लगायत अप्राकृतिक तथा अस्वाभिक देखिएको । त्यसमा हाइड्रो पावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको रहेका छन् ।
यी हुन् शेयर बजारमा चलेखल गरेर मूल्य बढाउने ५१ कम्पनी
https://drive.google.com/file/d/14PEDSVnNOJn_CeXm4UmnyW8uCOptRKXD/view

प्रतिक्रिया