काठमाडौं । जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ठूलो मात्रामा नगद र सुन लुटिएको तथ्य बाहिर आएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले भदौ २४ गते बानेश्वरस्थित संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा भएको लुटपाटबारे सार्वजनिक खुलासा गरेका हुन्।...}
काठमाडाैं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। यसअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने औसत अधिकतम ब्याजदर भदौ महिनाको तुलनामा असोजमा ०.११ प्रतिशत घटेको छ।
भदौमा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोजमा घटेर ५.४६३५...}
काठमाडौं । सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरुको सम्मानमा आज देशभर सार्वजनिक बिदा दिएको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहादत प्राप्त गरेका व्यक्तिहरुलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गतेलाई शोक दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेक...}
काठमाडौं । सरकारले असोज १ गतेलाई शोक दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि सेयर बजार बिहीबारदेखि मात्र खुल्ने भएको छ।
यसअघि नेपाल स्टक एक्सचेञ्जले बुधबारदेखि बजार सञ्चालन गर्ने तयारी गरेको थियो। तर, जेनजी आन्दोलनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा सरकारले सार्वजनिक बिदा घोषणा गरेप...}
काठमाण्डौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारबारे राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सुझाव अस्वीकार गरेको खुलासा गरेकी छन्। बीबीसीसँगको विशेष अन्तर्वार्तामा उनले राष्ट्रपतिले राजनीतिक दलका एक–एक सदस्य लिएर बृहत् मन्त्रिमण्डल बनाउन सुझाव दिए पनि आफूले अस्वीकार...}
काठमाण्डौ । जेन–जी आन्दोलनका क्रममा क्षति भएका उद्योग–व्यवसाय पुनः सञ्चालनका लागि सरकारले एकीकृत व्यापार पुनर्निर्माण योजना ल्याउने भएको छ ।
सिंहदरबारमा मंगलबार उद्योगी व्यवसायीका प्रतिनिधिसँग भेट गर्दै अर्थमन्त्री रामेश्वर खनालले आन्दोलनबाट भएको क्षतिबारे सरकार पूर्ण रूपमा जानकार रहे...}
काठमाण्डौ । देशभरको आन्दोलनले दशैं गीत सार्वजनिक गर्ने क्रममा ठूलो असर पारेको छ । तीज सकिएलगत्तै दशैं विशेष गीत सार्वजनिक हुने परम्परा भए पनि आन्दोलनका कारण यसपटक सांगीतिक गतिविधि ठप्प बनेको छ ।
यो वर्ष एक सयभन्दा बढी दशैं गीत सार्वजनिक हुने अनुमान गरिएको थियो, तर अहिलेसम्म खासै नयाँ गीत बजारमा आ...}
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार वस्तु व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा भने घाटा ०.४...}
देशभित्रै विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था सुविधा सम्पन्न हुँदै गए पनि विद्यार्थीहरूको विदेशिने क्रम रोकिएको छैन। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिनामै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिमा विदेशिएको १४...}
काठमाडौं । अन्तरिम सरकारले पहिलो बैठक बसेर जेन–जी आन्दोलनमा मारिएका प्रति शोक र राहतसम्बन्धी निर्णय सार्वजनिक गरेको छ। गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार आगामी असोज १ गते शोक विदा दिने, मृतकहरूको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने र घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयो...}