ग्लोबल मनी विकमा प्रभु बैंकको वित्तीय साक्षरता अभियान

काठमाडौं । प्रभु बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा देशभर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। बैंकको बौद्ध शाखाद्वारा “Accounting for Growth” शीर्षकमा विशेष कार्यक्रम आयोजना गरिएको हो।

बैंकले ‘Smart Money Talks’ नाराका साथ चैत ३ गतेदेखि देशका विभिन्न स्थानमा वित्तीय सचेतना कार्यक्रम सुरु गरेको जनाएको छ। उक्त अभियान अन्तर्गत साना तथा मझौला उद्यम (MSME and SME) सञ्चालन गरिरहेका ४७ जना व्यवसायीलाई वित्तीय सेवा उपयोग, आवश्यक कागजात, कर्जा प्रक्रिया तथा वित्तीय संस्थाबाट सहुलियत लिन आवश्यक योग्यताबारे जानकारी दिइएको थियो। कार्यक्रममा सहभागी व्यवसायीलाई वित्तीय पहुँच विस्तार गरी व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।

कार्यक्रमका क्रममा होटल अनन्तमा एकदिने “Accounting for Growth” सेसन सञ्चालन गरिएको थियो, जसले व्यवसायीहरूलाई लेखा व्यवस्थापन, वित्तीय योजना तथा व्यवसाय विस्तारका आधारभूत विषयमा जानकारी प्रदान गरेको थियो।

प्रभु बैंकका अनुसार नेपालभर रहेका ३१२ शाखा, ७५ एक्सटेन्सन काउन्टर र ६८ शाखारहित बैंकिङ सेवामार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिऔं, विश्वास दिऔं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै आफ्नो उपस्थिति थप मजबुत बनाउँदै लगेको जनाएको छ।

प्रतिक्रिया