प्रभुको आईपीओ बाँडफाँड सम्पन्न,आधाको हात खाली,यसरी हेर्नुहोस नतिजा

काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएकाे आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना याेग्य आबेदनबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल १० लाख ५१ हजार ११६ जना मध्ये २ हजार १६९ आबेदनबाट प्राप्त भएको ४७ हजार ७२० कित्ता शेयर आबेदन रद्द भएको छ ।

बुधबार प्रि अलोटमेन्ट सम्पन्न भएसँगै बाँडफाँडको साइत आजको लागी जुरेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार बाँडफाँड भएको २ घण्टा पछि नजिता हेर्न सकिनेछ ।

कम्पनिको शेयरको लागि २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आइपिओ अहिले सम्मकै धेरै आवेदन हो ।

प्रभुको आइपीओमा कुल आवेदकको संख्या १० लाख ८२ हजार १४३ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरीएको ५४ लाखलाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ५ लाख ४२ हजार १४३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

शेयर परेको या नपरेको हेर्नको लागी तलको लिङ्कमा जानसक्नुहुने छ ।

https://www.sharesansar.com/ipo-result

प्रतिक्रिया