सिस्ने खोला सुरुङ् मार्ग खन्न सुरु

काठमाण्डौ-नेकपा नेतृत्वको सरकारको चौतर्फि विरोध भए पनि यो सरकारले केहि राम्रा कामहरु समेत गरिरहेको छ ।

जनताको अपेक्षा अनुरुप काम गर्न नसके पनि केहि ऐतिहासिक कामहरु भने सुरु भएका छन । सोहि मध्यको एक हो सिस्ने खोला सुरुङ मार्ग । मार्गको आज मंगलबारबाट खन्न सुरु गरिएको छ । केहि समय पहिला शिलन्यास भए पनि विविध कारणले काम सुरु हुन सकेको थिएन । आजबाट भने युद्धस्तरमा काम हुने आयोजनाले जनाएको छ ।

आयोजना निमित्त प्रमुख नरेशमान शाक्यले आजबाट काम सुरु भएको जानकारी दिनुभयो । केहि समय मार्ग मेसिनले खनिने छ भने त्यस पछि विष्फोटक पर्दाथ प्रयोग गरेर खनिने छ । आयोजना ४४ महिनामा सक्ने गरि २०७६ कात्तिक ४ सुरुङमार्गको दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ ।

प्रतिक्रिया