प्रभु इन्स्योरेन्सले ७ लाख ३५ हजार कित्ता सेयर बिक्री गर्ने

काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो।

लगानीकर्ताले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले संस्थापक सेयर खरिद गर्न आवेदन दिन सक्नेछन्।

संस्थापक सेयरको न्यूनतम मूल्य ३२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सोभन्दा बढी मूल्य पेश गर्नुपर्नेछ। न्यूनतम २५ हजार कित्ता वा सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्ने प्रभुले जनाएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ।यस अघि मंसिर २१ गतेदेखि २८ गतेसम्म कम्पनीले प्रतिकित्ता न्यूनतम ३५० रुपैयाँमा राखेर बोलकबोलबाट साधारण सेयर बिक्री गरेको थियो ।

प्रतिक्रिया