नयाँ राजनीतिक घटनाक्रम, माधव कुमार नेपाल नेकपाको अध्यक्ष

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । नेकपा स्थायी कमिटि बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गरेकोमा मंगलबारको बैठकले ओलीको ठाउँमा वरिष्ठ नेता माधब कुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।

मंगलबार आयोजना गरेको केन्द्रीय समितिको बैठकबाट ओलीलाई कारबाही गर्दै वरिष्ठ नेता नेपाललाई अध्यक्षमा चयन गर्ने तयारी गरेका छन्

दाहाल–नेपाल समुह र ओली समूहले फरक-फरक स्थानमा मंगलबार नै केन्द्रीय समिति बैठक बोलाएका छन् । ओली समूहले बालुवाटारमा लन्चसहित बिहान नौ बजे बैठक बोलाएको छ भने दाहाल–नेपाल समूहले कार्की पार्टी प्यालेस माइतिघरमा ११ बजे बैठक बोलाएको छ ।

दाहाल र नेपाल दुवै कार्यकारी रहने गरि अध्यक्ष घोषणाको तयारी रहेको त्यस कार्यमा संलग्न एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया