ओलीको जनताका नाममा सम्वोधन – अर्का अध्यक्षमाथी खनिए,प्रचण्डकै कारण अहिलको अबस्था आएको आरोप

काठमाण्डौ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देश बासीका नाममा सम्वोधन गर्नुभएको छ ।

आफ्नो सम्वोधनमा किन संसद विघटनको अबस्था आयो भन्ने विषयमा प्रष्ट पार्न खोजिएको छ भने अर्का अध्यक्ष प्रचण्ड माथी कडा प्रहार गरिएको छ ।

ओलीले आफुलाई काम गर्न आफ्नै नेताहरुले भाँजो हालको बताउनु भयो । आफ्नै साथीहरुबाट आफुलाई असहयोग भएको उहाँको भनाइ छ । कतिपय नेताका कारण यो अबस्था आएको ओलीको भनाइ छ ।

नयाँ जनादेशमा जाने कुरा गलत हुन नसक्ने उहाँको भनाई । निर्वाचनको घोषणले पाटी एकता अझ बलियो बनाउने उहाँको भनाई छ । प्रधानमन्त्री हुन आत्तिएकाहरु नयाँ जनादेशबाट आएर नेतृत्व गर्न उहाँको सल्लाह छ ।

प्रतिक्रिया