प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्वोधन गर्ने

काठमाण्डौ । पछिल्लो समय निकै विवाद र चर्चामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा आज सम्बोधन गर्नुहुने भएको छ ।

संसद विघटन गरि बैशाखमा चुनाव घोषणा गरे पछि ओलीको चौतर्फि आलोचना समेत भइरहेका छ भने प्रचण्ड माधव पक्षका सात मन्त्रीले आइतवार राजिनामा समेत दिइसकेका छन ।

आफुले चालेको कदमको बचाउ गर्दै देशवासीका नाममा सम्बोधन गर्न सक्ने स्रोतको दावी छ । उनको आज ३ बजे सम्वोध आउने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया