शेयर कारोबारमा लगानी बढाउँदै निर्जीवन बीमा कम्पनी

काठमाडौं–पूँजी बजारमा व्यक्तिगत लगानी बढिरहेका बेला अन्य कम्पनीले पनि लगानी बढाएका छन् । शेयर सदस्यलाई उच्च प्रतिफल दिन दबाब खेपिरहेका निर्जीबन बीमा कम्पनीले लगानीलाई विविधिकरण गर्ने क्रममा शेयर बजारमा पनि लगानी गर्न थालेका छन् ।

२० वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । बैंक तथा वित्तीय संस्थामा मुद्दती राख्दै आएका बीमा कम्पनीले पछिल्लो पटक पूँजी बजारमा पनि लगानी बढाउन थालेका छन् ।

कुल ६० अर्ब ४३ करोड ३४ लाख रुपैयाँ बढी लगानी गरेका निर्जिवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साधारण शेयरमा पाँच अर्ब ३९ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन् । यो कुल लगानीको ८.९२ प्रतिशत हो । शेयरसहित पब्लिक कम्पनीका डिबेञ्चर,म्युचअल फण्ड, ऋण पत्रमा पनि लगानी गरेका छन् ।

पब्लिक कम्पनीको डिबेञ्चरमा १६ करोड ७८ लाख रुपैयाँ, म्युचअल फण्ड र नागरिक लगानी कोषमा ३३ करोड ९१ लाख रुपैयाँ र अन्य क्षेत्रमा ९ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् । सरकारको बचत तथा ऋणपत्रमा ६५ करोड ३८ लाख २५ हजार रुपैयाँ लगानी गरेका छन् । बीमा कम्पनीले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा पनि लगानी छ । सबैभन्दा बढी लगानी बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा नै रहेको छ । ५० अर्ब ११ करोड रुपैयाँ बढी लगानी मुद्दतिमा राखेका छन् ।

प्रतिक्रिया