प्रधानमन्त्री ओलीको सक्रियता, प्रचण्डलाई भेटेपछि बादल निवास पुगे

काठमाडौं–नेकपा भित्र विवाद चर्किएको बेला अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार नेताहरुलाई भेट्न दौडधुप गरेका छन् । विहान अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका ओली फेरी गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेटेकाछन् । थापालाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुगेका हुन् ।

खुमलटारमा प्रधानमन्त्री ओली र प्रचण्डवीच कुराकानी हुँदै गर्दा केहीबेरमा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए ।
ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर कुराकानी भएको बताईएको छ ।

 

प्रतिक्रिया