कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

काठमाण्डौं–कृषि विकास बैंक लिमिटेडले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाष्सन गर्ने भएको छ ।बैंकले ‘कृषि ऋणपत्र’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै गत मंसिर २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदनसमेत दिएको छ । बैंकले रु. १ हजार अंकित दरका ६० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ ।

सातवर्षे अवधिको यो ऋणपत्रको कुल इकाइमध्ये ३६ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ भने बाँकी २४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

यो ऋणपत्रका इकाइधनीहरुले वार्षिक ४ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया