बरालिएका ओलीलाई बाध्न बैठक आवश्यक – गगन थापा

काठमाडौं । हिजो मात्र प्रमाणीकरण भएको अध्यादेसलाई लिएर नेताहरुले चर्को आलोचना गरिरहेका छन । यसै विच नेपाली काँग्रेसका नेता गगन थापाले पनि ओलीलाई लक्षीत गर्दै खरो टिप्पणी गर्नु भएको छ ।

थापाले बरालिएका केपी ओलीलाई बाध्न संसद बैठकका लागि पार्टीले बाध्य पार्नुपर्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउदै थापाले उपसभामुख चयन नभएससम्म संवैधानिक परिषद्को बैठकमा नगई निर्वाचनका लागि बाध्य पार्न माग गरेका हुन् ।

‘पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौँ बरालिएका केपी ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं,उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔँ,संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ । यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ। आज बैठक बस्दै हुनुहुन्छ , पार्टी सभापतिलाई फेरी विनम्र अनुरोध थापाले भन्नु भएको छ ।

पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू,

पार्टी बैठकमा हामीले भनेका थियौँ;बरालिएका K P Sharma Oli लाई बाँध्न संसद अधिवेशन…

Posted by Gagan Thapa on Tuesday, December 15, 2020

प्रतिक्रिया