प्रभु बैंकले एक अर्बको बोनश शेयर दिने

काठमाण्डौ– प्रभु बैंकले आफ्नो शेयरधनीलाई करिब एक अर्ब रुपैयाँको बोनश शेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ०७६÷७७ का लागि प्रभु बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनश शेयर दिने प्रस्ताव गरेको थियो । बोनश शेयरसँगै कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैयाँ बराबर नगद लाभांश पनि वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकबाट मंगलबार प्रभु बैंकबाट प्रस्तावित लाभांश स्वीकृति गरेको छ । बैंकको सञ्चालक समितिले गरेको प्रस्ताव नियमनकारी निकाय राष्ट्र बैंकबाट स्वीकृत भएपछि अब बैंकको साधारण सभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया