प्रमोद भुषालको नयाँ गीत ‘लाली बजारमा’ सार्वजनिक भएको छ। युवा सर्जक तथा संगीतकर्मी प्रमोद भुषालको शब्द तथा लय सिर्जनामा तयार भएको गीतमा माया–प्रेमलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। गीतको निर्माणमा ठूलो लगानी गरिएको देखिन्छ भने यसको भिडियोसमेत आकर्षक बनाइएको छ।
गीतमा विशाल सोनी र शान्ता रानी परियारको स्वर रहेको छ। विश्वास नेपालले संगीत संयोजन गरेको गीतमा प्रेमभावसँगै मनोरञ्जनात्मक पक्षलाई समेत प्राथमिकता दिइएको छ।
गीतको म्युजिक भिडियो जेरी भण्डारीको निर्देशनमा तयार गरिएको हो। भिडियोमा विशाल सोनी र आस्मा विश्वकर्माको अभिनय रहेको छ। भिडियोको छायांकन, प्रस्तुति र दृश्य संयोजनलाई आकर्षक बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
गीत संगीतमा निरन्तर सक्रिय रहँदै आएका भुषालले ‘लाली बजारमा’ मार्फत दर्शक तथा स्रोतामाझ नयाँ स्वाद प्रस्तुत गर्ने प्रयास गरेका छन्। सार्वजनिक भएसँगै गीतको भिडियोले दर्शकको ध्यान तान्न थालेको छ।