सेयर बजारमा सामान्य सुधार, नेप्से ११.९३ अंकले बढ्यो

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ११.९३ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २६२४ अंकमा पुगेको छ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

बिहीबार जीवन बिमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ। बैंकिङ समूह ०.५८, विकास बैंक ०.३८, वित्त ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, लघुवित्त ०.५५, निर्जीवन बिमा ०.०५ तथा व्यापार समूह ०.२२ प्रतिशतले बढेका छन्।

त्यस्तै, लगानी समूह ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले घटेका छन्। बजारमा कारोबार भएका कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १२.४३ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको ६.४४, माउन्टेन हाइड्रो नेपालको ५.५१ तथा पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ४.१९ प्रतिशतले बढेको छ।

घट्ने कम्पनीतर्फ हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य २.९७ प्रतिशतले घटेको छ। सीवाईसी लघुवित्त २.८० प्रतिशत तथा सिर्जनशील लघुवित्तको सेयर मूल्य २.७८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र पिपुल्स हाइड्रोपावर अगाडि रहेका छन्।

समग्रमा बिहीबार नेप्से परिसूचक बढ्नुका साथै कारोबार रकममा समेत सामान्य सुधार आएको छ। अधिकांश उपसूचक र कम्पनीको सेयर मूल्य

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय