भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको हो।

भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेलाई राजदूतमा सिफारिस गरिएको छ। चीन मामिला विज्ञ कल्याणराज शर्मालाई चीनका लागि र सुरक्षा विज्ञ चिरनजंग थापालाई अमेरिकाका लागि राजदूत सिफारिस गरिएको छ।

भारतका लागि राजदूतमा चर्चामा रहेका पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणालाई भने बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ। त्यस्तै आप्रवासन विज्ञ सरू जोशीलाई जर्मनीका लागि राजदूत सिफारिस गरिएको छ।

मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) प्राप्त भएपछि मात्र राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।

सरकारले सिफारिस गरेका १३ राजदूत र उनीहरूलाई जिम्मेवारी प्रस्ताव गरिएका देशहरू यसप्रकार छन्।

१. निश्चलनाथ पाण्डे — भारत
२. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — अमेरिका
४. गौरव शमशेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)
५. जिग्यानकुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. सरू जोशी — जर्मनी
९. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय