ब्याजको डर र शेयर बजार

काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन। पहिलो कोरोना को माहामारी सकिय सङ्गै तरलता को समस्या भोग्दै आएका बैंकहरुले लगानी योग्य रकम को जोहो गर्न ब्याजदर बढाउनु परेको बुझ्न मा आएको छ ।

फागुन महिना लागि सार्वजनिक ब्याजदर अनुसार अधिकतम ब्याजदर ११.०३% छ गत महिना बैंकहरुको अधिकतम ब्याजदर १०.०५% रहेको थियो । शुक्रबार को बैंकर संघ को बैठक ले बैंकहरुलाइ ब्याजदर तोक्ने स्वतन्त्रता दिइएको थियो यसै बिच शेयर बजार मा बढ्दो ब्याजदर बाट पर्ने नकारात्मक प्रभाव बारे निकै चर्चा भैरहेको  सन्दर्भमा किन शेयर बजार मुद्दती निक्षेप भन्दा बढी लाभदायक छ भन्ने प्रसङ्ग । एउटा सामान्य आम्दानी भएको नेपालीले बैंकको मुद्दती खाता मा बचत गरेर ब्याज आम्दानी गर्नु लाई छनोट गरेको हुन्छ किन कि यसो गर्दा जोखिम विल्कुलै हुदैन ।

तर एकदम आम सर्वसाधारण भन्दा अलि बढी आर्थिक चेताना भएका व्यक्ति हरु ले सोच्नु पर्ने कुरा के भने साच्चै नै हामीले मुद्दती खाता मा रकम जम्मा गरेर पैसा कमाइ रहेका छौ कि कमाउन सक्ने क्षमता  भन्दा थोरै मात्रामा  कमाएर गुमाइ रहेको त छैनौ?

आउनुहोस विश्लेषण गरौं शेयर बजार मा लगानी कि मुद्दती खाता मा बचत कुन को वास्तविक प्रतिफल मा के कति फरक छ

फिक्स डिपोजिट मा लगानी गर्दा लगानीकर्ता ले निश्चित रकम लाई एकैपटक एउटा पुर्व निर्धारित ब्याजदर को आधार मा निश्चित समय सम्म को लागि राखिन्छ तर शेयर बजार मा लगानी कर्ता ले चाहेको जति रकम चाहेको समय मा लगानी गर्न सक्छ

प्रतिफल

फिक्स डिपोजिटको प्रतिफल चलेको ब्याजदर आम्दानी हो जसमा ५% कर कट्टा गरिन्छ तर शेयर बजार को प्रतिफल भनेको थोरै नै दिनमा पनि उपयुक्त शेयर फिल्टर गरेर लगानी गर्दा १५ देखि २०% लाभ लिन सकिरहेको उदाहरण हरु छन जस्को लाभकर ७.५ % छोटो समय का लागि लाग्छ भने ३६५ दिन भन्दा माथी समय मा शेयर बेच्दा लाभकर छुट दिएर ५% मात्रै लगाउने व्यवस्था छ

सहजता

शेयर मा लगानी गरेको लगानी कर्ता ले जुनसुकै बेला पनि आफुलाई आवश्यक परेको समय मा शेयर बिक्री गरेर नगद मा रुपान्तरण गर्न सक्छ तर फिक्स डिपोजिट बाट समयपुर्व रकम निकासीले प्री क्लोजर शुल्कहरु बाहेक ब्याजदर मा पनि कमि ल्याउछ।

लगानीमा/नियन्त्रण

शेयरमा, लगानीकर्ताहरुले आफ्नो नाफा अधिकतम गर्न उपयुक्त नियम र रणनीतिहरु पहिचान र परिचालन गर्न सक्छन भने फिक्स डिपोजिट को मामिला मा लगानीकर्ताहरुले आफ्नो लगानी मा नियन्त्रण गर्न सक्दैनन।

मुद्रास्फीतिको/प्रभाव

फिक्स डिपोजिट धेरै हदसम्म  जोखिम मुक्त देखिने भए पनि   मुद्रास्फीतिले निश्चित निक्षेप मार्फत प्रतिफल लाई खान सक्छ । त्यसकारण वास्तविक प्रतिफल शुन्य वा नकारात्मक हुन सक्छ। तर शेयर को मामिलामा लगानीकर्ता हरु घटेको समयमा किन्न र बढेको समय मा बेच्न स्वतन्त्र छन ।

निष्कर्ष

बैंक को FD को ब्याजदर भन्दा शेयर बजार बाट आउने प्रतिफल धेरै हदसम्म राम्रो हुन सक्छ यद्यपि FD न्यून जोखिम को लागि राम्रो मान्न सकिन्छ तर शेयर बजार  मा उपयुक्त ढंगले ट्रेड गर्न सके उच्च नाफा कमाउन सकिन्छ

 सक्रीय लगानीकर्ता धुर्ब रानाभाट 

पोखरा १४ कास्की हाल यु ए इ 

प्रतिक्रिया