काठमाडौं । डिजिटल सेवा प्रदायक डिशहोमले नेपालको इन्टरनेट तथा टेलिभिजन क्षेत्रमै पहिलोपटक भर्चुअल ग्राहक प्रिभिलेज कार्ड ल्याउने घोषणा गरेको छ। कम्पनीले आफ्नो मोबाइल एप ‘माइ डिशहोम एप’ मार्फत यो विशेष सेवा चाँडै सुरु गर्ने जनाएको छ।
सक्रिय सदस्यता भएका ग्राहकहरूको एपमा स्वचालित रूपमा देखिने यो कार्डमार्फत डिशहोम प्रयोगकर्ताहरूले विभिन्न सेवा क्षेत्रमा २५ प्रतिशतसम्म छुट पाउनेछन्। होटल, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर, फिटनेस, मोबाइल एसेसोरी, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, सपिङ मल, अटो शोरूमजस्ता थुप्रै क्षेत्रमा डिशहोमले सहकार्य गरिसकेको छ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, “डिशहोमले केवल इन्टरनेट र मनोरञ्जन सेवामै होइन, ग्राहकहरूको दैनिक जीवनशैलीमा समेत अर्थपूर्ण योगदान पुर्याउने उद्देश्यले यो भर्चुअल प्रिभिलेज कार्ड सुरु गर्न लागेको हो। यसले डिजिटल जीवनशैली ईकोसिस्टमलाई बलियो बनाउनेछ।”
डिशहोमको यो कार्ड केवल सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ, जसले कार्डको सुरक्षालाई सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। सेवा सुरु भएपछि ग्राहकहरूले एपमा देखिएको डिजिटल कार्ड देखाएर सहकार्यमा रहेका आउटलेटहरूबाट छूट प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई ‘माइ डिशहोम एप’ प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड वा अपडेट गर्न आग्रह गरिएको छ, ताकि यो सुविधा सुरु भएलगत्तै प्रयोग गर्न सकून्।
डिशहोमको यो नवीन पहलले नेपालमा डिजिटल जीवनशैलीलाई अझ स्मार्ट, सहज र लाभदायक बनाउने अपेक्षा गरिएको छ।