रसुवा जिल्लामा आएको अचानक बाढीले ठूलो क्षति पुर्याएको छ। केरुङ र लेन्देखोलाबाट आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचना पूर्णरूपमा ध्वस्त पारेको छ। यस्तै, करिब तीन बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुर्याएको छ।
भन्सार प्रक्रिया पूरा गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको आशंका गरिएको छ। बाढीले नेपाल–चीन सीमा जोड्ने मितेरी पुलसमेत बगाएको हाम्रा संवाददाता सुशिल कोइरालाले जनाएका छन्।
यसैबीच, भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशुली नदी आसपासका बासिन्दालाई स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ। थप क्षतिको विवरण संकलन भइरहेको छ भने उद्दार तथा मूल्यांकन कार्य जारी छ।