४/१२ को विकल्प खोज्दै राष्ट्र बैंक,शेयर बजारलाइ सञ्जीवनी

काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले ल्याएको शेयर धितो कर्ताको सीमा हेरफेरले शेयर बजार धोस्त भएको धेरैको बुझाइ छ । 

३२ सयको बिन्दुमा रहेको नेप्से २०७८ साउन २९ गते चालु आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति जारी गर्दै सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएपछि निरन्तर ओरालो लाग्दै २ हजार भन्दा नी तल्लो बिन्दुमा आएको छ । 

शेयर धितो कर्जाको चौतर्फि चौतर्फि विरोध उतिबेलादेखि अहिलेसम्म भइरहेको छ । पुँजी बजार र सेयर लगानीकर्ताको लागि हानिकारक नै ठहर गर्दै अहिले सडकदेखि संसदसम्म राष्ट्र बैंक यसमा ‘ब्याक’ हुनु पर्ने सुझाव र दबाब आइरहेको छ ।

४/१२ सीमा खारेजीसमेतको १९ बुँदे मागका साथ १० वटा लगानीकर्ता संघ संगठनको साथमा लगानीकर्ता तथा पूर्व पत्रकार तिलक कोइराला धितोपत्र बोर्ड अगाडि अनसन बसेका छन् । १९ बुँद मागको १८ नम्बर बुँदामा सेयर धितो कर्जाको ४/१२ को नीतिलाई पुनारावलोकन गर्नु पर्ने उल्लेख छ । १९ मध्ये सबैभन्दा चासो र मुख्य मागका रुपमा सडकदेखि सदनसम्म ४/१२ लाई नै लिइएको छ । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दुवै सांसदहरुले ४/१२ का कारण् लगानीकर्ता झुण्डिने दिन आएको भन्दै नेपाल राष्ट्र बैंक यो नीतिबाट फिर्ता हुनुपर्ने माग गरेका छन् ।

राष्ट्र बैंकको पछिल्लो व्यवस्था अनुसार एकाघर परिवार सदस्य (एकल ग्राहक) ले सेयर धितोमा राखेर एउटा बैंक वा वित्त कम्पनीबाट ४ करोड रुपैयाँ र सम्पूर्ण बैंकिङ क्षेत्रबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउँछन् ।

एकीकृत निर्देशिका २०७७ को निर्देशन–३ मा एकल ग्राहक कर्जा सापटी सीमा निधारणको बुँदा ५ मा आपसी सम्बन्ध भएका ग्राहकलाई एउटै मानिने व्यवस्था गरिएको छ । यसरी आपसी सम्बन्ध भएका व्यक्तिमा कोही एकजनाले कुनै एकबाट ४ करोड रुपैयाँमात्र कर्जा लिन पाउँछ । त्यो व्यक्तिले पूरै बैंकिङ सिस्टमबाट १२ करोड रुपैयाँ कर्जा लिएको भएमा आपसी सम्बन्ध भएका एकल ग्राहकभित्र पर्नेले यस्तो कर्जा लिन पाउँदैन ।

प्रतिक्रिया