दुवइ । जब मेरो पहिलो वैदेशिक पहिलो यात्रा मलेसियाको थियो तब मनमा अनेकौं सपना साँचेर ठुलो आशा अनि मनभरि थुप्रै भावनात्मक लड्डु फुराउँदै मलेसिया स्थित बारु सुबाङ भन्ने स्थानमा पुगियो । त्यसपछि कम्पनीको सोचेजस्तो काम र तलब भएन भनी भागेर अथवा अवैधानिक काम गरेर थुप्रै पैसा कमाउने अभिलाषा का साथ करिब त्यस्तै १५,१६ महिना अवैधानिक लुकिछिपि काम गरियो ।
त्यहाँको मलेय, मलेसिया सरकारले दिएको आममाफीमा ट्राभल डकुमेन्ट बनाउन भनी मलेसियाको लागी त्यहाँको राजधानी क्लालालम्पुर सहर स्थित नेपाली राजदूतावास पुगियो । निकै प्रेसर दबाब त्यसैमाथि आलोकाँचो उमेर २,३ पटक मलेय तालिम स्वयम् नेपाली (त्यहाँका स्थानीयता पाएका पाएकाहरूको ) कुटाई अनि बिभिन्न यातनाका बिच पुगिने राजदूतावासको स्थिति बताउने भो भने भनिसाध्य छैन । न बोली व्यवहार छ, न कुनै अवस्था ब्यवस्था छ । यो त्यतिबेलाको कुरा हो जतिबेला नेपालीहरूले हाते पासपोर्ट बोकेर विदेशिनु हुन्थ्यो । त्यो भिडमा म पनि हाते पासपोर्ट नै बोकेर मलेसिया छिरेको तर सोचेजस्तो छैन जिन्दगी भनेझैँ त्यहाँपनि के सहज हुन्थ्यो निकै जोडबलका साथ डिसेम्बर १,२०११ मा राजदूतावास त पुगियो तर समस्या सुन्ने भन्दा उल्टै समस्यामाथि समस्या थपिदिने सस्था हो कि झै पनि लाग्यो । यतिसम्म कि तपाईँको समस्या के हो भन्नुस् भन्ने समेत कोही थिएन । सिधै ठाडो के भो के कारण आइयो एम्बिसि आउनुको कुनै कारण छ कि भनेर कर्मचारी ( पिय) ले पो अझ थर्काउँदै बोल्ने, न त्यहाँको असली काम गर्ने कर्मचारी बोल्छ, महामहिम राजदूत त देख्न नी पाइएको थिएन । त्यतिबेला राजदूत भगवान जानुन त्यहा गएका ९९ प्रतिशत म जस्ता नेपालीलाई नै थाहा छैन त्यो ९९ प्रतिशत भित्र म पनि पर्छु अहिले त देख्न पाइदैन उतिबेला अझै म लगायत दुतावास छिर्नेमा ७५ प्रतिशत तर भागेकै समस्या थियो ।
अब कुरा सिधै गरौँ आम नागरिकको । जो सुकै, जो देशको होस आफ्नो देशको राजदूत र राजदूतावास भनेसी आफ्नो मन्दिर धर्मशाला मान्छन् मान्नुपर्छ । तर हाम्रो दुतावासको भने मानवमैत्री व्यवहार छैन । त्यहाँ आउने नेपालीहरूलाई उनीहरूले राम्रो व्यवहार समेत गर्दैनन् । जसले हरेक नेपाली दुतावास पुगेर निराश भएर फर्किन्छ । उनीहरूको तिखो बचन हुन्छ जाओ तिमर्को काम हुन्न । न पिउने पानीको ब्यवस्था छ न सौचलायको गतिलो छ, होस पनि कसरी दुताबासको कर्मचारी हु भन्ने दम्भ अनि अहम्ता होला त्यसैमाथि बार्गेनिक कतिबेलादेखि लाईन बस्यो त्यो हेर्ने होईन आफ्नो चिनेजाने भनसुनको आधारमा छिरेकोले विना प्रक्रियामा सेटिङ मिलायो छिरो । ८ देखि १० मिनेटमा काम बनाउछ फर्किन्छ बाँकिको मतलब छैन बोले गाली खाईने नबोले बिभिन्न टाढा टाढा सहरबाट दुख कष्ट भोग्दै आएको ।
थकाई बिसाउने चौपारी हो हामी श्रमजीवी प्रदेशी हरुको राजदूतावास यो कुरा २०११ हो त्यहिबेला निकै कुराहरु भुलियो होला तर म जहा जान्छु त्यस्को अभिलेख राख्छु । कहि लेख्छु केहि लेख्दिन त्यतिबेला कुनै साधारण मापदण्ड हुँदैनथ्यो । यो अर्थमा फी उच्च सम्मान चाहियो सोफा कार्पेट बिछ्याउनु पर्छ भन्न कदापि खोजिएको होईन है । गलत आभास कसैमा नहोस हामी पनि बुझ्छौ । सिमित श्रोत साधन अनि कर्मचारी प्रशासनहरुको बलजोडमा काम गर्नुपर्ने हुन्छ तर पनि केहि निकै आवस्यक त सुलब सहज हुने बाताबरण त हुनुपर्यो नि ? जस्तै चिसो तातो पिउने खानेपानीको ब्यवस्था, सफा अनि स्वच्छ सौचालय,आफ्ना समस्या बोकेर आउने श्रमजीवीहरुको ब्यवस्थापन , मिठो बोली , के समस्या हो किन कति कारणले यहाँ आएको ? समस्या नै नसुनिदिने जिज्ञासा राख्न नपाउदै किन कसरि के को किन भन्दै थुप्रै अनावश्यक कुराहरु मात्र तेर्साएर उल्टै हतोसाहित बनाउने परिपाटी सहन सकिँदैन र यस्ता कुरालाई सहि भन्न सकिन्न । दुतावास हाम्रो विदेशको अविभावक हो उसले आफ्नो दायित्व पुरा गर्नु पर्छ ।
अनेक मान्छेहरु अनेक समस्या बोकेर आएको हुन्छ । बिना काम बिना खोजातानी गर्न कोही जादैन । हो अपबाद बाहेक तर सहकारी काम बाट त्यहाँ जाने ९० प्रतिशत ब्यक्तिहरुको गुनासो एउटै छ, त्यो मुलसमस्या हो समय ब्यवस्थापन गर्न नसक्नु । अनि समस्या बुझ्नै नखोज्नु । यसो भने एउटाले फलानो रूममा जा भन्यो अर्कोउसो भन्यो अर्कोले अर्को फलानोको रुममा जा भन्यो कागपत्र बिना कसुर यता हल्लयो उता हल्लायो यसरि कसरि हुन्छ ?
नेपालमै त कर्मचारि तन्त्र र नेताहरुको काम देख्नुभएकै छ । मुल गतिलो भएपो पानी पनि सफा आउछ भने झै हामी बिषेष गरि खाडी मुलुक मलेयसिया जस्तो देशमा जाने हरुलाई त झन मान्छेको ब्याहार गर्दैन । भलै कोही उच्च पदमा रहेको बिभिन्न काम पर्दा समस्या आईपर्दा ७ कोष टाढा भाग्नी अनि कुनै कार्यकर्ममा आदर्शवादिताको भाषण ठोक्नेहरुको लागी बनेको होकी झै लाग्यो । हाम्रो के हाम्रो भन्नु नामको नेपाली दुतावास हुन त म सरकारी कार्यालय जान निकै झन्झट र उनिहरुको व्यवहार देख्दा सरकारी कामको लागी जानै मनले मान्दैन तर के अरु देशको परिस्थिति पारिवारीक समस्या अनि समकालीन साथीभाईको बिश्वासघात साथै अनेकौं परिस्थितिले फेरि बिदेशिनु पर्ने बाध्यता आईपर्छ त्यसैक्रममा हाल म युएई भन्ने दुवई देशमा छु अनि यहाको दुतावास नेपाली राजदूतावास अबुधाबीमा मेरो १० बर्षे पासपोर्ट सकिएर ११ बर्स पछि १० मार्च २०२२ मा नबिकरण गर्ने हेतुले आइयो तर उही ११ वर्ष अघिको घटना हुबहु अलिकति सुधार केहि देखिन । म त अबुधाबी शहर भित्रै करिभ १ घन्टामा पुग्न सक्छु तर यो समस्या मेरो मात्र होईन आमनेपालीको हो र आज कलम चलाएको छु । म त नजिक छु खासै नर्मल कामकाजको आवस्यकता परे सम्पर्क गर्न पाए भैगो तर करिब ५,६ घन्टा लामो यात्रा गर्नुहुने नेपालीहरुको लागी भएपनि आधारभुत आवश्यकताको सामाग्रीए किन नराखेको होला ? कि यि नेपालीहरु अबुझ छ्न जे भनेनी हो हुन्छ जे गरे पनि हुन्छ भन्ने लागेर हो ? खाडीमा काम गर्ने भएर हो साच्चिकै निकै सोचमग्न बनायो ।
कोही आजमान कोही सारह अबुधाबी(साउदिको बोर्डर)कोहि सार्जाह कोही दुबैबाट, कोहि कुवेतको बोर्डरबाट, कोही कताबाट कोही कताबाट आएको हुन्छ्न । तिनिहरु बिना कारण घुम्न त यति टाढा टाढाबाट दुताबासमा अनुहार मात्र देखाउन आएको त होईनन होला । यति बिकसित भनिएको देश त्यो पनि अबुधाबीकै मुटुमा रहेको नेपाली राजदूतावासको यो हरिबिजोक देख्दा फेरि पनि भन्नैपर्छ पिलर गतिलो भएपो घर बलियो हुन्छ । त्यहि नजिकै रहेका थुप्रै देशका राजदुताबासले एक कलमा थुप्रै समस्या सल्टाएको मैले मेरै आखाले देखेको छु तर हाम्रो दुताबासको नम्बर मरिसकेर घाट पुगोस तर उठ्दैन म । त्यहि करिब ४,५ घन्टा रहदा २०० पटक फोन आयो होला मुस्किलले ५,६ ओटा कल रिसिभ भयो कि झै लाग्छ । अब्यवस्थित कार्यशैली हामी नेपालीको पुर्खेउली र सरकारी रोगनै रहेछ भन्ने प्रष्ट भएको तीतो बास्तविकता सहित मन भरि अनेक प्रश्न खेलाउदै बाहिरिएँ । के गर्नु राज्य संयन्त्र गतिलो भैदिए स्थिरता भए आज किन हामी यसरि अर्काको गुलामी हेपाई चेपाई सहनुपर्थ्यो ? तसैमाथी आफ्नै देशको दुताबसको यो गति । अनि भने हामी किन यसरि पछि परेम हामी किन गरिब राष्ट्र भैयो अनि हामी किन यति अब्यहारिक भैयो के साच्चिकै यस्रै कर्मचारीप्रशासनशाखा कर्मचारीतन्त्र ले सरकार को ढुकुटी खाएको पच्ला त यस्तै यस्तै सोच्दासोच्दै के गर्नु गुलामीए गर्नैपर्यो ओहो प्रदेशीएको मा के भनौ गर्व गरौकी आत्मग्लानी ।
यो लेख कुनै फगत काल्पनिन नभएको र बास्तबिकता यहि हो अझै आफुलाई पनि प्रतछ्य जान्न बुझ्न मन भए युएईमा रहनुहुनेले अबुधाबी सहरको केन्दृय बसस्तप लुलु सुपरमार्केटको हेड अफिस अगाडी रहेको नेपाली राजदूतावासको कार्यालय मै जानसक्नुहुनेछ भने त्यहाँको फोन नम्बर मा सम्पर्क गर्न पनि सक्नुहुनेछ ।
पढ्दा सुन्दा तितो लागेपनि यो निकै गम्भिर बिषय हो सम्बन्धित निकय सम्म पुर्याउनु होला है सबैलाई आह्वान गर्द्छु ।
रामु जि. सी. कमल
ताराखोला गाउपालिका (१, आमरभुमि बागुङ्ग हाल युएईको अबुधाबी)