बीपी राजमार्गमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बिष्ट का अनुसार दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन्।

दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बा३ ख ८३९८ नम्बरको बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया