तेह्रथुम पावर कम्पनीले १२ करोडको आईपीओ निकाल्ने

काठमाण्डौ–नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । धितोपत्र बोर्डले हिजो असार १० गते तेह्रथुम पावरलाई १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो आईपीओ चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछ।तेह्रथुम पावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया