सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय

काठमाण्डौ–सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको छ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आज बसेको विशेष साधारणसभाले आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो ।

काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा आयोजित विशेष साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो । सभाले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजी अनुपात ८७.१०ः१२.९० हुने गरी मिलान गर्ने प्रस्ताव पारित गरेको छ । यसरी सेयर संरचना परिवर्तनपश्चात कम्पनीले ६० लाख कित्ता सेयरको बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको हाय कायम चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँको कुल २०.१२४ प्रतिशतले हुन आउने लाभांश पनि अनुमोदन गरेको छ । जसमा १९.११८ प्रतिशत बोन सेयर र १.००६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

प्रतिक्रिया