पछिल्लो २४ घण्टामा २५ सय १८ जनाले जिते कोरोना

काठमाण्डौ–पछिल्लो २४ घण्टामा २५ सय १८ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ५ लाख ७० हजार ९ सय ५८ जनाले कोरोनालाई जितेका स्वास्थ्य तथा जनर्सख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ ।
आज देशभर २ हजार ४७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २३५ पीसीआर र ४९९७ जनाको एन्टीजेन गरि जम्मा १२ हजार २३२ परीक्षण भएको छ । जसमा पीसीआरमा १५७७ र एन्टीजेनमा ८९७ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ५९ हजार ३६५ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् भने ८ हजार ९१८ जनाको मृत्यु भएको छ । अहिले देशभर ४९ हजार ५५५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया