मुलुकको व्यापार घाटा भयाबह, पौने १४ खर्बको सामान आयात

काठमाडौं–मुलुकको व्यापार घाटा भयावह बन्दै गएको छ । स्वदेशमा वस्तु तथा सेवाको उत्पादन नहुँदा विदेशबाट सामान आयात भएको हो ।

आयातको तुलनामा न्यून निर्यात हुँदा व्यापार घाटा साढे दुई अर्ब रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो पोहोरको तुलनामा तुलनामा २४.६१ प्रतिशत बढी हो । पोहोरि व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । ११ महिनामा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

गत आर्थिक वर्षमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । तथ्यांक अनुसार साउन २०७७ देखि २०७८ जेठ मसान्तसम्म कुल १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६.५६ प्रतिशत बढी हो ।

प्रतिक्रिया