माधव नेपाल पक्षका नेताद्वारा निर्वाचन आयोगमा नयाँ दल दर्ता

काठमाडौं–नेकपा एमाले भित्र चरम विवाद सृजना भएर पार्टी फुटको संघारमा गएका बेला वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका एक नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता गरेका हुने । नेपाल पक्षका जीवन राईले नयाँ दल दर्ता गरेका छन् । राई अध्यक्ष रहेको सो दल चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।

गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो । सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

प्रतिक्रिया